१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

मोहन वैद्यलाई भेट्न नर्भिक अस्पताल पुगे गृहमन्त्री खाँण

२ कात्तिक, काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यलाई भेट्न गृहमन्त्री बालकृष्ण खाँण अस्पताल पुगेका छन् । गृहमन्त्री खाँणले अस्पताल पुगेर वैद्यकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि आइतबार बिहान अस्पताल भर्ना भएका वैद्यको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री खाँण आज बिहान नर्भिक अस्पताल पुगेका थिए । उनले वैद्यको स्वास्थ्य अवस्थाबारे अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग जानकारी लिएका छन् । वैद्यकाे उपचारमा संलग्न चिकित्सकहरुले उनकाे स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताएका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलवार ११:१८