७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

२ कात्तिक, काठमाडाैँ । आज साताको तेस्रो दिन मंगलबार नेपाल राष्ट्र बैंकले विभिन्न मुलुकहरुको मुद्रा विनिमयदरको विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर साट्दा एक अमेरिकी डलरको १२० दशमलव २५ रुपैयाँ खरिददर र बिक्रीदर भने १२० दशमलव ८५ रुपैयाँ रहेको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८८ दशमलव ८७ पैसा र बिक्रीदर भने ८९ दशमलव ३१ पैसा रहेको छ । क्यानेडियन डलर १ को ९७ दशमलव ०५ पैसा र बिक्रीदर ९७ दशमलव ५४ पैसा रहेको जनाएको छ ।

मगंगलबार कतारी रियाल एकको खरिद दर ३३ दशमलव २ पैसा रहेको छ भने बिक्रीदर ३३ दशमलव १८ पैसा कायम भएको छ । त्यस्तै, जापानीज येन १० को खरिद दर १० दशमलव ५२ पैसा रहेको छ भने बिक्रीदार १० दशमलव ५७ पैसा रहेको छ ।

यस्तै, चइनिज युआन १ को खरिद गर्दा १८ दशमलव ७० पैसा रहेको छ भने, विक्रीदर १८ दशमलव ७९ पैसा रहेको छ । अन्य बाँकी मुलुकहरुको मुद्रा खरिद बिक्रीदर तालिकामा छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलवार ११:००