११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

एनआरएनए संरक्षक परिषदको कार्यकाल समाप्त

१  कात्तिक, लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को संरक्षक परिषदको कार्यकालसमेत समाप्त भएको छ । गैरआवासीय नेपाली संघको विधान परिच्छेद ६ को १६ धारा अनुसार संरक्षक परिषदको कार्यकाल दुई वर्षका लागि हुने प्रष्ट व्यवस्था अनुरुप संघका पूर्वअध्यक्ष शेष घलेको प्रमुख संरक्षकत्वमा रहेको सो परिषदको म्याद सकिएको हो ।

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा शनिवार बसेको ८० औं बैठकले संघको कार्यकाल ६ महिनाको लागि थप गरेको हो । तर संरक्षक परिषदको म्याद थप्ने वैधानिक व्यवस्था नभएको हुँदा सो परिषद स्वतः निस्कृय हुन पुगेको हो ।

गैरआवासीय नेपाली संघको गत वर्ष अक्टोवर १९ तारिख बसेको ६९ औं बैठकले दुई वर्षको लागि संरक्षक परिषद गरेको थियो । संरक्षक परिषदमा घले सहित पूर्वअध्यक्षहरु डा उपेन्द्र महतो, देवमान हिराचन, जिवा लामिछाने, भवन भट्ट र रामप्रताप थापा रहेको थिए ।

संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलन ताकिएको समयमा हुन नसके पछि प्रमुख संरक्षक शेष घलेले विधानमा रहेको संरक्षक परिषदको व्यवस्थालाई टेकेर कार्यसमितिको अधिकार आफ्नो हातमा लिन खोजेपछि विवादमा तानिएका थिए ।

प्रकाशित मिति : October 18, 2021 at 12:13 pm