१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

बैतडीमा जिप दुर्घटनाका गम्भीर घाइते चारजना धनगढी रिफर

३० असोज , बैतडी । बैतडीको बिन्द्रावनमा जिप दुर्घटना हुँदा घाइते भएका ६ जनामध्ये ४ जनालाई धनगढी रिफर गरिएको छ ।

जिल्लाको सिगास गाउँपालिका-१ बिन्द्रावन नजिक शुक्रबार राति जन्ती बोकेको से १ ज १७० नम्बरको जिप दुर्घटना हुँदा घाइते भएका ६ जना घाइते सुर्नया गाउँपालिका ८ का २१ वर्षीय तेज बोहरा, ३० वर्षीय प्रकाश बोहरा, १४ वर्षीय सुशील बोहरा र सिगास गाउँपालिका ४ का २० वर्षीय भरत सिंह बोहरालाई धनगढी रेफर गरिएकाे हाे ।

उनीहरूको कैलालीस्थित पद्मा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । घाइतेमध्ये दुईजनाको डडेल्धुरामा उपचारपछि घर पठाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार १९:१८