१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

राजाकै शैलीमा प्रधानमन्त्री देउवा ! खुट्टामा दाम चढाएर कार्यकर्ताले ढोगे

३० असोज, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले दशैँको टीका लगाउने क्रममा एक जना कार्यकर्ताले दाम चढाएर ढोगेको भिडियो भाइरल बनेको छ । भिडियोमा उक्त कार्यकर्ताले नै आफैँ पैसा चढाएर ढोगेको देखिन्छ ।

प्रधानमन्त्री देउवालाई दाम राखेर खुट्टा ढोगेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । देउवाको पाउमा दाम राखेर ढोगेको भिडियो फेसबुक, टीकटकदेखि ट्वीटरसम्ममा चर्चाको विषय बनेको छ ।

चर्चा गर्नेहरू धेरैले प्रधानमन्त्री शेरबहादुर देउवाको तीव्र आलोचना गरेका छन । कतिपयले राजाको शैलीमा देउवाले खुट्टामा दाम चढाउन लगाएर ढोगाएको भन्दै आलोचना पनि गरेका छन ।

यद्यपी भिडियोमा सम्बन्धित व्यक्तिले स्वःस्फूर्त रूपमा पैसा चढाएर ढोगेको देखिन्छ । गणतन्त्र आए पनि राष्ट्रपति र प्रधानमन्त्री लगायतले सर्वसाधरणलाइ लाइन लगाएर टीका लगाउने गर्दै आएका छन ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार १९:१४