१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

रोकिएन ट्रिपर आतंक, वनेपामा एकको मृत्यु भएपछि ठक्कर दिने ट्रिपरमा आगजनी(भिडियोसहित)

७ साउन, काभ्रे । काभ्रेको बनेपा नगरपालिकाको चारदोबाटोमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । आक्रोशित सर्वसाधारणले ट्रिपरमाथि आगजनी गरेका छन ।

काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले एउटै दिशामा रहेको बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको पहिचान नखुलेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रिपर चालकलाई इलाका प्रहरी कार्यालय, बनेपाले नियन्त्रणमा लिएको छ ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : ७ श्रावण २०७५, सोमबार १३:५३