१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

नाट्टा र टानका पूर्व अध्यक्ष टेकचन्द्र पोखरेलको ८४ वर्षको उमेरमा निधन

७ साउन, काठमाडौँ । नेपालको पर्यटन व्यवसायका अग्रज टेकचन्द्र पोखरेलको ८४ बर्षको उमेरमा निधन भएको छ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्ब अध्यक्ष पोखरेल पाँच महिनादेखि फोक्सोको क्यान्सरबाट पिडित रहेका थिए ।

नाट्टामा दुई कार्यकाल अध्यक्ष भएका पोखरेलको निधनले पर्यटन क्षेत्रले एउटा कुशल अभिभावक गुमाएको नाट्टाका अध्यक्ष सीएन पाण्डेले बताए । पाण्डेका अनुसार पोखरेलले नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन । पाण्डेका अनुसार पोखरेलकै आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिदै छ ।

प्रकाशित मिति : ७ श्रावण २०७५, सोमबार १२:५४