१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

दसैँमा दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवारलाई राहत

२८ असोज , उदयपुर । कोरोनाले रोजगारी गुमाएका विपन्न मजदुरलाई दसैँ माग्न राहत उपलब्ध गराइएको छ । उदयपुरकाे त्रियुगा नगरपालिका– १३ का दैनिक ज्यालामजदुरी गर्ने अति विपन्न परिवारलाई दसैँ माग्न राहत उपलब्ध गराएको हो ।

 स्थानीय त्रियुगा महिला कृषक समूहद्वारा सहजीकरणमा समाज सेवी समूहको समन्वयमा टेवा नेपाल धापाखेल ललितपुरले कोरोना महामारीमा रोजगारी गुमाएर पर्व माग्न समस्या भई रहेको १२४ घर परिवारलाई राहत उपलब्ध गराएका हुन् ।

 दैनिक ज्यालादारीमा आश्रित अति विपन्न १२४ घरधुरीका ५३८ (महिला २७३ पुरुष २६५) परिवारलाई राहत सामाग्री हस्तान्तरण गरिएको हो । जनसंख्याको आधारमा १५ दिनको लागि राहत खाद्यान्न सामाग्रीहरू चामल, दाल, खानेतेल, नुन र  तरकारीको बिउ मास्क र साबुन उपलब्ध गराएको छ ।

राहत प्रति घर न्युनतम १५ देखि अधिकतम ४० केजी चामल र सोहीअनुसार अन्य सामाग्रीहरु दिइएको थियो । राहत उपलब्ध गराएपछि सहभागीहरूले दसैँमा दिइएको राहत हाम्रा लागि भगवान घरमा आए सरह भएको स्थानीय सुनितादेवी चौधरीले बताइन् ।

राहत समाजसेवी समुहको समन्वयमा टेवा नेपाल धापाखेल ललितपुरले ३ लाख मूल्य बराबरको सामाग्री उपलब्ध गराएको समाजसेवी समूहका जिल्ला संयोजक विनोदकुमार कार्कीले बताए ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार १३:४७