१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

जनकपुरधामको राजदेवी मन्दिरमा १४ हजार २९१ बोका बलि दिइयाे

२८ असोज , जनकपुरधाम । बलिको विरोध भइरहँदा दा पनि जनकपुरधामको प्रसिद्ध राजदेवीमा मन्दिरमा १४ हजारभन्दा बढी बोकाको बलि दिइएकाे छ ।

बुधबार राति ८ बजे ५ मिनेटमा सुरु भएको बलि दिइने कार्यक्रममा बिहीबार बिहान साढे ३ बजेसम्म चलेको थियो । राजदेवी मेला समितिका अनुसार यसवर्ष दशैको महाअष्टमीमा राजदेवि मन्दिरमा १४ हजार २९१ वटा बोकाको बलि दिइएकाे छ ।

गतवर्ष कोरोना महामारीका कारण ८ हजार ९६८ वटा मात्रै बोका बलि प्रदान गरिएको थियो । बोका बलि दिन नेपाल तथा छिमेकी मुलुक भारतका श्रद्धालु भक्जनहरूको आएका थिए । गतवर्ष कोरोना महामारीका कारण सीमावर्ती क्षेत्र र ग्रामीण क्षेत्रबाट न्यून संख्यामा श्रद्धालु भक्तजनहरू आएका थिए ।

दसैँको घटस्थापनादेखि नै जनकपुरधामका राजदेवी मन्दिरसहित विभिन्न शक्तिपिठहरुको पूजापाठ हुँदै आएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार १२:१६