२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

प्रधानन्यायाधीशको कोटामा परेको उद्योग मन्त्रालय तत्कालका लागि देउवाले नै सम्हाल्ने

२५ असोज, काठमाडौँ । प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेर राष्ट्रपतिलाई सपथ खुवाउन परमादेश जारी गरेवापत प्रधानन्यायाधीशले प्रतिनिधि पठाउने गरी पाएको उद्योग मन्त्रालयको जिम्मा तत्कालका लागि देउवाले लिएका छन ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले प्रतिनिधि पठाएको उनका जेठान गजेन्द्र हामालले चर्को बिरोध भएपछि तीन दिनै रिक्त भएको मन्त्रालयको जिम्मा तत्कालका लागि देउवा आफैँले लिएका हुन । सत्तारूढ दलका क्रियाशिल नेताहरू मध्येबाट प्रधानन्यायाशी राणाको सिफारिसमा एक जनालाई मन्त्री बनाउने बारेमा देउवाले निकटकाहरूसँग छलफल गरेको कांग्रेस निकट स्रोतले जनाएको छ ।

राणाले मन्त्रीमा पठाएको व्यक्ति तीव्र विवाद भएर महाअभियोग आउने भएपछि आफ्ना प्रतिनिधिको रूपमा मन्त्री बनेका हमाललाई राजिनामा दिन अनुरोध गरेको बताइएको छ । राणाले फेरि राजदूत नियुक्तिमा समेत भाग खोजेर भारतका लागि नेपाली राजदूतमा आफ्ना सम्धी डा तिलक रावललाई नियुक्ति दिन प्रधानमन्त्री देउवासँग अनुरोध गरेका छन ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार १९:१९