२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

राहत दिनुपर्नेमा उल्टै जनताको छातीमा गोली बर्साउने सरकार चाहिँदैनः राष्ट्रिय युवा संघ

२५ असोज, काठमाडाैँ । राष्ट्रिय युवा संघ नेपालले चाडबाडको मुखमा नागरिकलाई राहत दिनुपर्नेमा उल्टै नागरिकको छातीमा गोली वर्षाउने सरकार नचाहिने बताएको छ । अध्यक्ष किरण पाैडेलले विज्ञप्ति नै प्रकाशित गरी गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेका छन ।

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरीको गोली लागेर ४ जनाको मृत्यु भएको घटनालाई लिएर युवा संघले गृहमन्त्रीको राजीनामा मागेको हो । गृहमन्त्रीकै गृह जिल्लामा चार जना सुकुम्बासीको गोली हानी हत्या गरिएपछि संघले सरकारी शैलीको बिरोध गरेको हो ।

संघले प्रहरीलाई गोली चलाउन आदेश दिने गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उक्त घटनामा संलग्न रहेका दोषीमाथि कारवाही गर्नुपर्ने बताएको छ । संघले राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसंस्थाको समेत ध्यानाकर्षण गराएको छ । संघले सरकारले घाइते र मृतकको प्रत्येक थोपा रगतको मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार १८:०४