२६ फाल्गुन २०८२, मंगलवार | Wed Mar 11 2026

अभिनेत्री श्रुति हसनलाई ब्रेकअपले सिकायाे धेरै कुरा

२५ असोज, काठमाडौँ । साउथ फिल्मसँगै बलिउडमा पनि लोकप्रिय अभिनेत्रीमा पर्छिन् श्रुति हसन । अभिनेता कमल हसनकी छोरी भएकाले गर्दा पनि उनले दुवै फिल्म उद्योगमा कम पाइन् । तर, पछिल्लो समय उनकाे करियर सोचेअनुरूप ठीकठाक छैन । त्यसैले गर्दा उनी बेलाबखत विवादमा जोडिने गर्छिन् ।

अभिनेत्री श्रुतिले पछिल्लो समय ब्रेकअपको बारेमा बताएकी छिन् । ब्रेकअपले आफूलाई धेरै कुरा सिकाएको उनको बुझाइ छ । उनको ब्रेकअप केही समय अगाडि भएको थियो ।

आफ्नो लभ लाइफको बारेमा खासै नबताउने श्रुतिले एक अन्तर्वार्ताको क्रममा प्रेमका बारेमा बोलेकी हुन् ।‘त्यो सम्बन्धदेखि कुनै पछुतो छैन, किनकि हामीलाई हाम्रो गल्तीले नै हो सिकाउने,’ श्रुतिले भनिन्, ’पुरानो लभ लाइफबाट सिकेर अगाडि बढेकी छु ।’ उनको एक विदेशी प्रेमी थिए । उनले एक अर्कालाई चिन्न सहज नरहेकोसमेत प्रस्ट्याइन् ।

साथै, उनले प्रेमलाई जीवनमा बाधाका रूपमा नलिनसमेत बताइन् । ‘तपाईको जीवनलाई सहज बनाउने हो प्रेम, यदि त्यसले अवरोध गर्छ भने त्यो सम्झौता हो,’ श्रुतिले भनिन् । उनी पछिल्लो समय प्रभाससँग फिल्म सलारको काममा व्यस्त छिन् ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार १५:४४