१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

 प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित

२५ असोज, काठमाडौँ । प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्काे बैठक ९ कात्तिक बस्ने जानकारी दिएका हुन् ।

सोमबारको बैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाइएको थियो । साथै मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गरिएको छ भने राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधिसभामा विचाराधीन रहेको रेल्वे विधेयक, २०६७ फिर्ता लिने प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार १४:५५