१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

सुकुम्बासीको हत्या गरेको भन्दै भूमिहीन सुकुम्बासी संगठनले गृहमन्त्रीको राजिनामा माग्यो

२५ असोज, काठमाडाैँ । नेपाल भूमिहिन सुकुम्बासी संगठनले गृहमन्त्री बालकृष्ण खाँडको राजिनामा मागेको छ । संगठनकी अध्यक्ष शान्ता चाैधरीले एक विज्ञप्ति जारी गर्दै देउवा सरकारले दशैँको बेला चारजनाको हत्या गरेको भन्दै भत्सर्ना गरिएको छ ।

देउवा सरकारले आइतबार रुपन्देहीको मोतीपुरमा भूमिहीन सुकुम्वासीमाथि गोली चलाएको थियो । दशैँको मुखमा सुकुम्बासीको हत्या गरेको भन्दै चाैतर्फी बिरोध भैरहेको छ ।

संगठनले विज्ञप्ति मार्फत सरकारले गरेको सो अमानवीय तथा बर्बर घटनाको विरोध गर्दै भनेको छ ‘मोतीपुरमा लामो समयदेखि भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरु बसोबास गरिआएका र तिनले सरकारबाट न्यायिक छानविन गरी जग्गा प्राप्तिको आशमा बसेकाहरुलाई हिँस्रक दमन गरिएको छ ।’

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार १३:५९