१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

२५ असोज, काठमाडौँ । प्रतिनिधिसभाको बैठक सोमबार बस्दै छ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । चालू अधिवेशन सुरु भएदेखिका सबै बैठकमा एमालेले अवरोध गर्दै आएको छ ।

जसकारण अहिलेसम्म संसद् राम्ररी सञ्चालन हुन सकेको छैन । एमालेले आजको बैठक पनि अवरोध गर्ने जनाएको छ । पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुख सापकोटाले एमाले विभाजनमा सहयोगी भूमिका खेलेको आरोप लगाउँदै संसदमा विरोध जनाउँदै आएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार १२:४१