१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

माधव नेपालको अखिल फोर्सका संयोजक तपेन्द्र शाही अनेरास्ववियुमै फर्किए, सचिवको जिम्मेवारी

२५ असोज, काठमाडौँ । आरआर क्याम्पसका स्ववियू सभापति समेत रहेका माधव नेपाल निकट अखिल फोर्सका संयोजक तपेन्द्रजंग शाही नेकपा एमालेमै फर्किएका छन ।

उनी नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियूको जिम्मेवारी फर्किएका हुन । शाहीले दैनिकीसँग कुरा गर्दै आफू नेकपा एकीकृत समाजवादी निकटको संगठनमा नरहेको र अनेरास्ववियुमा रहेको पुष्टि गरेका छन ।

राष्ट्रिय युवा संघले युथ फोर्स ब्यूँताएपछि माधव नेपालले आफैँ सहभागी भएर अखिल फोर्सको घोषणा गरेका थिए । शाही अनेरास्ववियूमा फर्किएको र सचिवको जिम्मेवारीमा क्रियाशिल रहने अनेरास्ववियूले जनाएको छ । शाहीसँग अनेरास्ववियूका अर्का नेता दिपेश प्रसाइ पनि अनेरास्ववियुमै फर्किएका छन ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार ११:४९