२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

शिवम सिमेन्ट्सले बोलायो साभारणसभा, के छन एजेण्डा ?

२४ असोज, काठमाडौँ । शिवम सिमेन्ट्सले गत आर्थिक २०७७/०७८ वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको नगद लाभांश पारित गर्न साधारणसभा बोलाएको छ। कम्पनीले १६ कात्तिकमा होटल सोल्टी काठमाडौंमा बिहान १० बजे छैटौँ वार्षिक साधारणसभा आह्वान गरेको हो।

कोरोना भाइरसका कारण सभा भर्चुअल माध्यमबाट पनि सञ्चालन हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत अर्थात् एक अर्ब २७ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । शिवमले दिन लागेको यो हालसम्मकै धेरै लाभांश हो ।

गत आर्थिक वर्षमा कम्पनीले सेयरधनीलाई २४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । सभामा सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्नेलगायतको एजेण्डा छ ।

कोभिड १९ महामारीको जोखिमका कारण साधारण सभामा सहभागि हुन इच्छुक शेयरधनीहरूलाई कम्पनीले भिडियो कन्फ्रेन्स मार्फत जुम आईडी र पासकोड उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ । साधारणसभा तथा लाभांश प्रयोजनार्थ कम्पनीले ८ कात्तिकमा बुक क्लोज गर्ने जनाएको छ । यसर्थ, ७ कात्तिकसम्म नेप्सेमा कायम सेयरधनीले मात्रै लाभांश पाउनेछन् ।

प्रकाशित मिति : October 10, 2021 at 10:49 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/