१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

राससको प्रधानसम्पादकमा रिमाल र प्रमुख संवाददातामा भट्टराई नियुक्त

६ साउन, काठमाडौँ । राष्ट्रिय समाचार समितिको प्रधान सम्पादकमा नुवाकोट स्थायी घर भएका श्याम रिमाल नियुक्त भएका छन । लामो समयदेखि राससमा कार्यरत रिमाल यसअघि वरिष्ठ कार्यकारी सम्पादक पदमा कार्यरत रहेका थिए ।

यसअघि प्रधानसम्पादक रहेका राजु शाक्यलाई प्रधानसम्पादकको जिम्मेवारीबाट मुक्त गरी रिमाललाई जिम्मेवारी दिइएको राससका अध्यक्ष हरिहर अधिकारीले जानकारी दिए ।

त्यस्तै प्रमुख संवाददतामा रहेका सूर्यचन्द्र बस्नेतलाई हटाई अर्को वरिष्ठ कार्यकारी सम्पादक तीर्थ भट्टराईलाई जिम्मेवारी प्रदान गरिएको छ । राससमा आउने समाचारको विषयलाई लिएर पछिल्लो पटक धेरै नै आलोचना भएपछि नयाँ व्यवस्थापनले समाचारको नेतत्ृव परिवर्तन गरेको हो ।

प्रकाशित मिति : ६ श्रावण २०७५, आईतवार १७:२०