२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

द्वन्द्व कालमा लुटिएका धनलाई सेतो बनाउन सरकारले बाटो खोल्यो: नेता नेम्वाङ

-प्रकाश तिम्सिना

२३ असोज, सुनसरी । सरकारले आर्थिक विधेयक पास गरेर कालो धनलाई सेतो बताउन बाटो खुला गरिदिएको नेकपा एमालेका नेता सुवास नेम्वाङले आरोप लगाएका छन् । सुनसरीको इटहरीमा पुराना वामपन्थी नेता ओम कोइराला नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै उनले नेकपा एमालेले संसद् भवनमा विरोध गर्दागर्दै जबरजस्ती विधेयक पास गगरिएको बताए ।

नेता नेम्वाङले नेकपा माओवादी केन्द्रतर्फ संकेत गर्दै सरकारले द्वन्द्व कालमा लुटपाट गरेर राखिएको धनलाई बाहिर ल्याउने प्रशस्त बाटो खाली गरेको आरोप लगाए । ‘लाख, करोड हैन अरब पैसा ल्याउनुहोस् कुनै श्रोत देखाउनु पर्दैन । यो भनेको लुटपाट, डकैती गरेर, अवैध सम्पत्तिलाई सेतो बनाउ भन्न खोजेको हैन ?’, उनले प्रश्न गरे ।

एमालेको विरोधका बीच विधेयक पास गरिनु गलत भएको उनले बताए । ‘अहिले म सुन्दै छु, नेपालको सम्बन्धित प्रतिनिधि मण्डल जाँच गर्न आउँदै छ । यदि यो गलत रहेछ भनेर कालो लिष्टेट गरिदियो भने हाम्रो हालत के हुन्छ ?,’ उनले भने ।

उनले संविधानको मर्म विपरित सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको बताए । उनले जनभावना विपरित कदम भएको टिप्पणी गरे । कार्यक्रममा कोइरालाले लेखेका ‘राजनीतिक जीवन यात्रा र राजनीतिक लेखहरू’ पुस्तकको लोकार्पण गरिएको थियो ।न्युज कारखाना

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार १९:४५