२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

नेपाल बुद्धिजिवी परिषद्को महासचिवमा गजेन्द्र थपिलया र कोषाध्यक्षमा गोपी न्याैपाने चयन

२३ असोज, काठमाडाैँ । नेकपा एमालेको अान्तरिक विवादपछि गतिबिधि शून्य अवस्थामा पुगेको नेपाल बुद्धिजिवी परिषद् नयाँ जिम्मेवारीसहित अघि बढ्ने भएको छ । शुक्रबार र शनिबार काठमाडाैँमा भएको परिषद्को भेलाले पार्टीले गरेको १० बुँदे सहमति कार्यान्वयन गर्दै महाचिव र कोषाध्यक्ष नयाँ चयन गरेको छ ।

परिषद्को महसचिवमा इन्जिनियर गजेन्द्र थपलिया चयन भएका छन भने कोषाध्यक्षमा गोपी न्याैपाने चयन भएका छन । महासचिवमा चयन भएका थपलिया पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको विकास मामिला विज्ञ रहेका थिए भने न्याैपाने सोही सरकारको पालामा उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा नियुक्त भएका हुन ।

यसअघि ८३ सदस्यीय रहेको केन्द्रीय समितिमा एकताबाट आएका १० प्रतिशत थप्नेगरि ९१ सदस्यीय बनाइएको महासचिव थपलियाले दैनिकीलाई जानकारी दिए । भेलाले माधव नेपालको अध्यादेश पार्टीमा लागेका बरिष्ठ उपाध्यक्ष लक्ष्मण कुँवरसहित उपाध्यक्षहरु शिवशंकर घिमिरे, कलावती जोशी सहित १० जनालाई कारवाही गरेको थपलियाले बताए ।

यो पनि पढ्नुहोस्

-राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा देवकोटा एमालेमै फर्किए

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार १९:२१