राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा देवकोटा एमालेमै फर्किए
२३ असोज, काठमाडाैँ । नेकपा एमाले आबद्ध बुद्धिजिवीहरुको संगठन राष्ट्रिय बुद्धिजिवी परिषद्का अध्यक्ष डा दिनेशचन्द्र देवकोटा पनि एमालेमै फर्किएका छन ।
पार्टी एकताको १० बुँदे सहमति बमोजिम देवकोटा जेठ २ को संरचनामा फर्किएका हुन । देवकोटा माधव नेपाल निकटका नेता हुन ।
शुक्रबार र शनिबार काठमाडौंमा भएको राष्ट्रिय भेलाले नेकपा एकता प्रक्रियापछि माओवादीबाट एमालेमै बसेकाहरुलाई समेत समेटेर नेतृत्वमा हेरफेर गरिएको अध्यक्ष देवकोटाले दैनिकीलाई जानकारी दिए ।
प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार १८:५७