२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

नाक्चेलाग्ना सीमा नाका नमिचिएकाे अध्ययन टोलीको निष्कर्ष

२२ असोज, मुगु । नेपालको सीमा छिमेकी देश भारत र चीनले धमाधम मिचिरहेको अवस्थामा मुगु जिल्ला र उत्तरी नाका चीनसँग जोडिएको नाक्चेलाग्ना सिमाना नमिचिएको एक अध्ययन टोलीले प्रतिवेदनमार्फत जानकारी दिएको छ ।

टोलीले नेपाल र चीनमा रहेको १३ नम्बरको सीमा पिल्लर रहेको नाक्चेलाग्ना सीमा स्तम्भ नमिचिएको बताएको हो । यो स्तम्भ समुद्री सतहदेखि चार हजार ९८६ मिटरको उचायमा अवस्थित छ ।

सदरमुकाम गमगढी बजारदेखि सीमा नाका सम्म ९२ किलोमिटर छ । पैदल यात्रा गरेर चार दिन लाग्ने यस सीमा नाकासम्म पुगेर अध्ययन गर्दा कुनै पनि सीमा नमिचिएको अध्ययन टोलीको निष्कर्ष छ ।

गत ३० भदौदेखि ५ असोजसम्म सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाको नेतृत्वमा गएको टोली र नेपाल सशस्त्र प्रहरीले अध्ययन गर्दा र विगतमा गरिएको अध्ययन टोलीको प्रतिवेदनअनुसार नेपाल र चीनसँग जोडिएको नाक्चेलाग्ना स्थानमा रहेको १३ नम्बर पिल्लर र अन्य भूमि नमिचिएको अध्ययन टोलीका प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार १९:४३