२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

काेराेना अपडेटः ७६४ संक्रमित थपिए, १० जनाको मृत्‍यु, १०३३ संक्रमणमुक्त

२२ असोज, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४ सय ६६ जनामा पीसीआर परीक्षण गर्दा ७१५ र १२२२ जनाकाे एन्टिजेन परीक्षण गर्दा ४९ गरी थप ७६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । साेही अवधिमा १०३३ जना संक्रमणमुक्त भएकाे मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ६१४ जना रहेका छन् । जसमध्ये १४ हजार ७२८ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार १५३ जना संस्थागत आइसोलेसनमा छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार १६:४४