२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

प्रदेश १ का मुख्यमन्त्री आचार्यले कात्तिक ५ गते विश्वासको मत लिने

२२ असाेज, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले कात्तिक ५ गते विश्वासको मत लिने भएका छन् । उनले शुक्रबार बसेको संसदीय दलको बैठकमा दसैंपछि विश्वासको मत लिने जानकारी गराएका हुन् । सरकारले असोज २४ गते प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । विपक्षी गठबन्धनले भने मार्ग प्रशस्त गर्न माग गर्दै आएका छन् ।

आज बस्ने प्रदेशसभाको बैठकमा नेताहरुले सम्बोधन गर्ने कार्यसूची छ । नेकपा एमालेका प्रदेश सांसद तथा पूर्व मन्त्री हिक्मतकुमार कार्कीले समय दसैंपछि मात्र विश्वासको मत लिइने बताए ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार १६:२२