मुद्दा जिताइदिए वापत मन्त्री पद घुस ! प्रधानन्यायाधीशको कोटामा गजेन्द्र हमाल उद्योग मन्त्री
२२ असोज, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्रीमा नियुक्ति दिएर सिधै मुद्दा जिताइदिए वापत प्रधानन्यायाधीशका लागि मन्त्री पद उपहार (घुस) दिएका छन । केही दिनदेखि व्यापक चर्चामा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरका आफन्त गजेन्द्र हमाल उद्योग मन्त्रीमा नियुक्त भएका छन ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार हमलालाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त गरेकी छिन । नेकपा एमालेको सरकार अपदस्त गर्दै परमादेशको भरमा शेरबहादुर देउवालाई सीधै प्रधानमन्त्री नियुक्त गरेर राष्ट्रपतिलाई सपथ गराउन प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलाशले आदेश दिएको थियो ।

त्यसैको बदलामा प्रधानन्यायाधीशले दुई जना मन्त्रीको कोटा मागेका थिए । जसमध्ये सञ्चार र उद्योग मन्त्रालय मागिएको थियो । यद्यपी सत्तारूढ दलहरूले एउटा मात्र मन्त्रालय दिन राजी भए र हामल उद्योग मन्त्रीमा नियुक्त भएका छन ।
मुद्दा जिताइदिए वापत मोलहिजा गरी झगडिया मध्येका एक जनाबाट उपहार लिएपछि यो विषय भ्रष्टाचारसँग जोडिएको छ । एक जना विवादित व्यवसायीका लागि एनसेलले सञ्चारमन्त्री बनाउन २५ करोडसम्म लागनी गर्ने तयारी गरेको भन्ने चर्चाको विषय समेत बनेको थियो ।
सत्तारुढ गठबन्धनले न्यायपालिकाको कोटाबाट नेपालगञ्जका गजेन्द्र हमाललाई मन्त्री बनाउन सहमति गरेका हुन । हमाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका आफन्त हुन् ।

प्रधानन्यायाधीशले मन्त्रीमा कोटा मागेको भन्दै हमालको नाम चर्चामा आएपछि बार र बेन्चबीच तनाव समेत भएको थियो । मन्त्रीमा कोटा नमागेको भन्दै सर्वोच्च अदालतले विज्ञप्ति समेत जारी गरेको थियो ।
हमालको नियुक्तिले सरकारमा प्रधानन्यायाधीशले कोटा मागेको आशंकालाई पुष्टि गरिदिएको छ । गैरसांसद हमाल प्रधानन्यायाधीशका जेठान नाता पर्छन् ।
यो पनि पढ्नुहोस्
–देउवालाई चोरबाटोबाट प्रधानमन्त्री नियुक्त गरिदिए बापत प्रधानन्याधीशलाई मन्त्रीको कोटा
प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार १६:२८












