५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

रुखमा डेरा बनाएर पढ्ने धनकुमारलाई आर्थिक सहयोग

२२ असोज, खोटाङ । रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सहभागी बनेर चर्चामा आएका खोटाङ हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका धनकुमार मगरलाई दक्षिणकोरियामा रहेका नेपालीहरूले आर्थिक सहयोग गरेका छन् । महामारीका कारण विद्यालयले भौतिक उपस्थितमा कक्षा सन्चालन बन्द गरेको थियो ।

उनको घरमा टेलिकमको डाटाबाट इन्टरनेट नचल्ने भएपछि घरछेउको रुखमा टाँड बनाएर भर्चुअल कक्षामा सामेल भएका थिए । यस्तो कारुणीक दृश्य सञ्चारमाध्यममा आएपछि कोरियामा रहेका नेपालीले आर्थिक सहयोग गरेका हुन् । धनकुमार स्थानी सरस्वती माबि अर्खौलेमा १० कक्षामा अध्ययनरत छन् । उनलाई खोटाङ सेवा समाज दक्षिण कोरियाले २० हजार आर्थिक सहयोग गरेको हो ।

सरस्वती मावि अर्खौलेका पुर्व विद्यार्थी तथा खोटाङ सेवा समाज दक्षिण कोरियाका महासचिव नविन राईको अगुवाईमा धनबहादुरका लागि आर्थिक सहयोग जुटाइएको हो । दक्षिण कोरियाबाट जुटेको रकम सरस्वती माविका व्यवस्थापन समितिका अध्यक्ष किशोरकुमार श्रेष्ठले धनबहादुरका आमा गोमा मगरलाई हस्तान्तरण गरेका हुन् ।

सरस्वती माविका पुर्व विद्यार्थी प्रमोद श्रेष्ठको समन्वयमा खोटाङ सेवा समाज दक्षिण कोरियाबाट १० हजार, समाजका महासचिव राईबाट पाँच हजार, चित्र घलेबाट तीन हजार पाँच सय र अनुप चाम्लिङबाट एक हजार पाँच सय सहयोग जुटेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार १३:३७