२७ बैशाख २०८१, बिहीबार | Thu May 9 2024

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्याे लाभांश, बोनस सेयर कति ?


२० असाेज, काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको कमाईबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २८ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्रै सो बोनस सेयर सेयरधनीलाई वितरण हुनेछ । हाल चुक्ता पुँजी ४३ करोड १७ लाख १० हजार ४११ रुपैयाँ भएको लघुवित्तको २८ प्रतिशत बोनस सेयर वितरणपछि चुक्ता पुँजी ५५ करोड २५ लाख ८९ हजार ३२६ रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार १२:१५