२७ बैशाख २०८१, बिहीबार | Thu May 9 2024

बीओके क्यापिटलको साधारणसभा आज, यस्ता छन् एजेण्डा


२० असोज, कठमाडौँ । बीओके क्यापिटलकाे लाभांश प्रस्ताव पारित गर्न बुधबार छैटौँ वार्षिक साधारणसभा बस्दैछ । कम्पनीले चुक्ता पुँजीको १८ प्रतिशत नगद लाभांश दिने (करसहित) प्रस्ताव पेस गर्न कम्पनीको कार्यालय नक्साल, काठमाडौँमा दिउँसो ३ बजे साधारणसभा आह्वान गरेको हो ।

 

क्यापिटलले नगद लाभांश वितरणका लागि तीन करोड ७८ लाख रुपैयाँ छुट्याएको छ । सभामा आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सानलगायतका विषयमा छलफल हुनेछ । आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार ११:२२