७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज


२० असोज, काठमाडौँ । सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । बैंकले १५औँ वार्षिक साधारणसभा प्रयोजनार्थ २२ असोजमा बुक क्लोज गर्ने भएको छ । यसअनुसार सिटिजन्सको लाभांंश प्राप्त गर्न बुधबार २० असोजभित्रै सेयरधनी बनिसक्नुपर्नेछ ।

बिहीबार घटस्थापनाका कारण सरकारी विदा परेकाले सेयर बजार बन्द हुने हुँदा लगानीकर्ताले बुधबारै सेयरधनी बनिसक्नुपर्ने भएको हो ।

सभामा आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीलाई १२ दशमलव ९१ प्रतिशत बोनस सेयर र तीन दशमलव ०८ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश दिने प्रस्ताव पेस हुनेछ । बैंकको वार्षिक साधारणसभाको मिति भने तय भइसकेको छैन ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार ११:०५