२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

अपहरण तथा शरीर बन्धक कसुरका दुई अभियुक्त पक्राउ

१९ असोज, काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–३ स्थित निरमान भोम्जनको डेराबाट निजको श्रीमतीलाई डर देखाएर अपहरण गरेको आरोपमा अपराध महाशाखाले भक्तपुरका धिरोज श्रेष्ठ र रसिला अवाललाई पक्राउ गरेको छ ।

असोज १५ मा चन्द्रागिरी नगरपालिका–३ थानकोटस्थित डेराबाट निरमान भोम्जनकी पत्नीलाई धिरोजले अपहरण गरेर लगेर सूचनाका आधारमा पीडितलाई उद्धार गरिएको महाशाखाले जनाएको छ ।

मध्यपुर ठिमी घर भएका धिरोजले महिलालाई चाँगुनारायण नगरपालिका स्थित सरस्वती खेलमा रहेका भान्जी नाता पर्ने रसिलाको घरमा लगेर बन्धक बनाएर राखेका थिए । प्रहरीले पीडितलाई असोज १७ मा रसिलाको घरबाट उद्धार गरेको थियो । उनीहरूलाई अपहरण मुद्दामा ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार २२:०६