२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

म्याद सकिएको औषधि बेच्ने भरतपुरका ६ मेडिकल कारबाहीमा

१९ असोज, काठमाडौँ । म्याद सकिएको औषधि बेचेको आरोपमा चितवन भरतपुरको ६ वटा मेडिकललाई स्थानीय प्रशासनले कारबाही गरेको छ। म्याद सकिएसँगै मापदण्ड पूरा नगरेका औषधि बेच्ने तथा क्लिनिक सञ्चालनको अनुमति नलिएको भन्दै उपभोक्ता संरक्षण विभागले कारबाही गरेको हो।

कारबाही पर्नेमा चितवनको भरतपुरमा सञ्चालित नवल पोलिक्लिनिक, मिराकल फर्मा, नवल डेन्टल क्लिनिक, भरतपुर पोलिक्लिनिक, अपोलो डेन्टल र रिजन फार्मेसी छन् ।

कारबाहीमा परेका मेडिकललाई पाँच हजारदेखि तीन लाख रुपैयाँसम्म जरिवाना तोकिएको छ। चाडपर्वका बेला अनियमितता धेरै हुने भएको भन्दै अहिले स्थानीय प्रशासनले अनुगमनलाई तीव्रता दिएको छ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार १६:५९