१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

६ साउन, पाल्पा । तिनाउ गाउँपालिका–३, सिद्धबाबा नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आज दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माथागढी गाउँपालिका–२, आँपटारीका ४० वर्षीय माधव कुमाल र१९ वर्षीय उमेश कुमाल छन् । आज अपराह्न ट्रकले अगाडि गुडिरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जना २५० मिटर तल तिनाउ खोला किनारमा खस्दा मृत्यु भएको प्रहरी नायक उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

पाल्पाबाट बुटबल जाँदै गरेको ना३ख १००८ नं को ट्रकले सोही दिशातर्फ गइरहेको लु२१ख ९६८० नं को मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । तिनाउ खोलाबाट उनीहरुको शव डोरीको प्रयोग गरेर निकाल्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल सडकभन्दा केही तल भीरमा अड्केको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७५, आईतवार १३:४५