१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

मेरो माइक्रोफाइनान्स लघुवित्तले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?

१९ असोज, काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर वितरण गर्न एक दशमलव ०५२ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले २० करोड रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।

यस्तै, एक करोड पाँच लाख २६ हजार तीन सय १६ रुपैयाँ नगद बाँड्नेछ । अघिल्लो वर्ष बैंकले १६ दशमलव ९४ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ८९ प्रतिशत गरी कुल १७ दशमलव ८३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति : October 5, 2021 at 1:08 pm