रिलायन्स लाइफ इन्स्योरेन्सले घोषणा गर्याे लाभांश
१९ असाेज, काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षसम्मको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
असो १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५.२६ प्रतिशत नगद लाभांश (कर सहित) लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांश बीमा समितिबाट स्वीकृत र आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ ।
प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार १२:१४