२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

प्रधानन्यायाधीशले मन्त्री र राजदूतमा भाग खोज्नु घृणित कार्यः उपाध्यक्ष रावल

१९ असोज, काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष डा भीमबहादुर रावलले प्रधानन्यायाधीशले मन्त्री र राजदूतमा भाग खोज्नु घृणित कार्य रहेको बताएका छन  । सामाजिक सञ्जाल ट्वीटर मार्फत प्रतिक्रिया दिँदै उपाध्यक्ष रावलले यस्तो बताएका हुन ।

उनले भनेका छन, ‘प्रधान न्यायाधीशले मन्त्रिपरिषद् र राजदूत पदमा ‘आफ्ना मानिस’ को नियुक्ति खोज्नुभएको र गठबन्धन पार्टीका नेताहरूले सो कुरा स्वीकार गरेको समाचार सत्य हो भने यो संविधान,जनता र लोकतन्त्र विरूद्धको घृणित कार्य हो।सर्वोच्चको वक्तव्यले होइन नभनी असान्दर्भिक,अतिरन्जित र भ्रामक भनेको छ।’

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार ०९:५३