१० पुष २०८२, बिहीबार | Fri Dec 26 2025

माधव नेपालका लागि आफ्नो कुर्सी खाली गरेर सोफामा सर्ने देउवा किन गएनन् अस्पतालमा ?

१९ असोज, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग चित्त दुःखाएका छन ।

प्रधानमन्त्रीको कुर्सी छाडेर आफ्नो सम्मानका लागि सम्मुख भएर सोफामा बसेका देउवा अहिले बिरामी भएर तीन दिनसम्म अस्पतालको बेडमा सुत्दा पनि भेट्न नगएपछि माधव नेपालमा वेखुस पैदा भएको हो ।

माधव नेपालको पार्टीका नेता कार्यकर्ताले उनलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा अस्पतालमा भेट्न जान लागेको भन्दै चर्चा परिचर्चा गराएका थिए तर देउवा गएनन् ।

देउवा नेपाल भेट्न अस्पताल पुग्ने चर्चा समाजवादीका महासचिव डा वेदुराम भुसालले चलाएका थिए तर देउवा अस्पताल पुगेनन् । सानो कुरामा पनि चित्त दुःखाउने बानी परेका नेपालका लागि यही विषय देउवासँगको सम्बन्धमा दरार उत्पन्न हुने विषय बन्ने हो कि भनेर उनी निकट नेता चिन्तित बनेका छन ।

उनले आफू निकटकासँग भने देउवाले अस्पतालमा आएर नभेटेर गलत गरेको बताएका छन । नेपाल सोमबार अस्पतालबाट घर फर्किएका छन ।

माधव नेपाल एमालेमा रहँदा पछिल्लो दुई वर्ष सोफा र कुर्सीको मागमा बिताए । अध्यक्ष ओलीलाई त्यस्तो सोफा र कुर्सी हामीलाई चाहिँ यस्तो भन्दै एक दिन नेपाल आफैँले कुर्सी र सोफा तानेको समाचार समेत प्रकाशित भएको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार ०९:२१