५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

लुम्बिनी प्रादेशिक अस्पतालका मेसुले गरे पदभार ग्रहण

१८ असोज, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्त निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले सोमबार पदभार ग्रहण गरेका छन् । एक समारोहकाबीच डा ढकालले पदभार ग्रहण गरे । उनलाई अस्पताल प्रमुखको कक्षमा अस्पताल विकास समितिका अध्यक्ष सुर्यबहादुर भट्टराई र निवर्तमान मेसु डा. राजेन्द्र खनालले खादा ओढाएर स्वागत गरेका थिए ।

पदभार ग्रहण गर्दै निमित्त मेसु ढकालले सरकारले घोषणा गरेको सर्वसुलभ स्वास्थ्य सेवा र नागरिकको निःशुल्क स्वास्थ्य अधिकारलाई परिपालना गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले अस्पतालसँग भएको साधन र स्रोतलाई परिचालन गरी अस्पतालको आयस्रोत वृद्धिको व्यवस्था गरिने बताए । उनले अस्पतालमा उपलब्ध हुन नसकेको सेवाको विस्तार गरिने बताए ।

प्रदेश सरकारले अस्पतालका मेसु डा. राजेन्द्र खनाललाई हटाएर अघिल्लो साता मात्र डा. ढकाललाई निमित्त मेसुमा नियुक्त गरेको थियो । यसअघि शंकर पोखरेल नेतृत्वको अघिल्लो सरकारले डा. ढकाललाई मेसुमा नियुक्त गरे पनि प्रमुख सचिवले निर्णय प्रमाणीकरण नगर्दा कार्यान्वयन हुन सकेको थिएन् ।

त्यतिबेला प्रदेश सरकारले निजी मेडिकल कलेज सञ्चालकलाई मेसू नियुक्त गरको भन्दै सरकारको आलोचना भएको थियो । अहिले गठबन्धन सरकारले पनि उनै ढकाललाई निमित्त मेसूमा नियुक्त गरेको हो । कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष सुर्य भट्टराई र निवर्तमान मेसु डा. खनालले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार १७:२६