नेपाल इन्भेष्टमेन्ट बैंकको घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?
१८ असाेज, काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेकाे हाे । असोज १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको ११.२४ प्रतिशत बोनस शेयर र बोनस शेयर तथा नगद लाभांशको कर प्रयोजनको लागि समेत गरी ४.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुले पाउनेछन् ।
प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार १२:२८












