१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

स्वाभिमान लघुवित्तले घाेषणा गर्याे लाभांश , बोनस र नगद कति ?

१८ असाेज, काठमाडौँ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३२.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.७० प्रतिशत नगद गरी कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार १०:३४