१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

लागू औषधसहित काठमाडौँबाट ३ जना पक्राउ

६ साउन, काठमाडौँ । काठमाडौं प्रहरीले फरक–फरक ठाउँबाट लागू औषध सहित ३ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको सामाखुसी क्षेत्रमा लागू औषधको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले शनिवार लागू औषध खैरो हेरोइन सहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी गाउँपालिका–४ स्थायी घर भएका २० वर्षीय अरविन्द्र हमाल छन् । उनको साथबाट १ ग्राम ३० मिलीग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

लैनचौर बृत्तकै प्रहरी टोलीले काठमाडौंको पकनाजोल क्षेत्रमा लागू औषधको कारोबार गर्ने २ जनालाई शनिवार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको कालिकापुर घर भएका २३ वर्षीय मनोज तामाङ र झापाको चारआली घर भएका २० वर्षीय राजेश भुजेल रहेका छन् ।

उनीहरुको साथबाट ४०० एम्पुल प्रतिबन्धित डायजेल्याब, ४०० एम्पुल फेनेरागन र ४०० एम्पुल नोफिन बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता मोहन थापाले जानकारी दिए ।

प्रकाशित मिति : ६ श्रावण २०७५, आईतवार १२:१३