२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

अछामको रामारोशन गाउँपालिकामा एक सातादेखि तालाबन्दी

-कल्पना बोहरा

१७ असोज, अछाम । अछामको रामारोशन गाउँपालिकामा एक सातादेखि तालाबन्दी छ । गाउँपालिकाले तलब नदिएकाे भन्दै बालविकास केन्द्रका शिक्षकले ११ असोजमा तालाबन्दी गरेका हुन् ।

७ हजारका दरले तलब नमानेपछि पालिकाको कार्यालयमा तालाबन्दी गरिएकाे बाल शिक्षक संर्घष समितिका अध्यक्ष ललिता खत्रीले जानकारी दिइन् ।

बालविकास केन्द्रका शिक्षकले मासिक पाउने तलबमध्ये ७ हजार रुपैयाँ पालिकाले बेहाेर्नुपर्ने हुन्छ । संघ सरकारले बाल विकास केन्द्रका शिक्षकको तलब पालिकाले दिनुपर्ने ७ हजार गरेर १५ हजार पुर्‍याएको छ । बान्नीगढी जयगढ गाउँपालिकामा लगाइएको ताला पनि अहिलेसम्म खुलेकाे छैन ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आईतवार ११:१०