१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सानिमामाई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१७ असोज, काठमाडौँ । सानिमामाई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ । लाभांश तथा साधारणसभाका लागि सानिमामाईले १८ असोजमा बुकिङ क्लोज गर्ने भएको छ । उक्त हाइड्रोपावरको आजसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

यसले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश दिन लागेको हो । लाभांश पारित गर्न कम्पनीले ११ कात्तिकमा सुकेधारा हाइट काठमाडौंमा बिहान ११ बजे साधारणसभा आह्वान गरेको छ । सभा भौतिक रुपमा उपस्थिति भइ तथा भर्चुअल माध्यमबाट आयोजना हुनेछ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आईतवार १०:४७