२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

कुनै समयका प्रचण्डका विश्वासपात्र व्यावसायी दुर्गा प्रसाईं एमाले विधान महाधिवेशन प्रतिनिधि

१६ असोज, ललितपुर । मेडिकल व्यावसायी दुर्गा प्रसाईं नेकपा एमालेको विधान महाधिवेशनमा प्रतिनिधिको रूपमा देखिएका छन् ।

यतिबेला उनको महाधिवेशन स्थलमा प्रतिनिधिको परिचय पत्र लगाएर अभिवादन गरिरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । प्रसाईंलाई झापाबाट महाधिवेशन प्रतिनिधिको रूपमा आएको बताइएको छ ।

उनी झापामा विएण्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालन हुन् । प्रसाईं एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् । प्रसाईं कुनै समय नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विश्वासपात्र थिएँ ।

जनयुद्धदेखि नै माओवादीमा रहेका प्रसाईं प्रचण्डको पछिल्लो गतिबिधिबाट असन्तुष्ठ बनेर एमालेमा सक्रिए भएका हुन । उनी एमालेका तर्फबाट प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन । सम्भवतः प्रसाईं झापाबाट चुनाव लडेर प्रतिनिधिसभामा प्रवेश गर्नेछन ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार २२:१५