२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

माओवादी केन्द्र तेह्रथुमले ६ वटै पालिकामा प्रशिक्षण गर्दै

१६ असोज, तेह्रथुम । नेकपा माओवादी केन्द्र तेह्रथुमले जिल्लाका ६ वटै पालिकामा पार्टी प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । ११ असोजमा आठराई गाउँपालिकाबाट केन्द्रले प्रशिक्षण सुरु गरेको हो ।

जिल्लाको ४ गाउँपालिका र १ नगरपालिकामा कार्यक्रम सम्पन्न गरिसकेको छ । शनिबार लालीगुराँस नगरपालिकामा सञ्चालन भइरहेको छ । पार्टी सुदृढिकरणका साथै सदस्यता नवीकरण लगायतको विषयमा प्रशिक्षण गराइएको थियो । पार्टीका सदस्यले असोज मसान्तसम्म सदस्यता नवीकरण गरि सक्नुपर्ने समय छ ।

त्यस्तै, ४ कात्तिकमा सेल तथा टोल कमिटीको भेला, १३ कात्तिकमा वडा सम्मेलन, ४ मंसिरदेखि पालिका र प्रदेश सम्मेलन र ११-१३ पुसमा राष्ट्रिय सम्मेलन गर्ने तय भएको जिल्ला संयोजक इन्द्र इम्सङले दैनिकीलाइ जानकारी दिए ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार १२:१७