२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

एमालेको प्रथम विधान महाधिवेशनमा सहभागी हुन ओली पुगे महाधिवेशन स्थल

१५ असोज, काठमाडौँ । एमालेको प्रथम विधान महाधिवेशनमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली विधान महाधिवेशनस्थल गोदावरीको सनराइज हल पुगेका छन् । सातदोबाटोबाट कार्यकर्ताको स्कर्टिङ्गसहित ओली आफ्नो पुरानो सैलीमा हात हल्लाउँदै अधिवेशनस्थल पुगेका हुन् ।

निर्धारित समयभन्दा केही ढिला पुगेका ओलीसँगै केन्द्रीय पदाधिकारीहरू महाधिवेशन हल प्रवेश गरेका छन् । ओली पुग्नुअघि सम्मेलनमा सहभागी हुन आएका प्रतिनिधिहरू ‘नेकपा एमाले प्रथम विधान’ लेखिएको ठूलो पोस्टर र केपी ओलीको पूर्णकदको फोटोसहितको ठूलो पोष्टरमुनि बसेर सेल्फी खिचिरहेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार १३:०१