१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

बहुविवाह मुद्दामा ११ महिना कैद सजाय सुनाइएकी महिला पक्राउ

१५ असोज, काठमाडौँ । बाँके प्रहरीले बहुविवाह मुद्दामा अदालतबाट कैद सजाय सुनाइएकी एक महिलाई पक्राउ गरेको छ । खजुरा गाउँपालिका- ५ की २६ वर्षीया विना खटिकलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत बाँकेमा बुझाएको हो ।

उनीविरुद्ध जिल्ला अदालत बाँकेले गत २० कार्तिकमा ११ महिना १२ दिन कैद सजायको फैसला सुनाएको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार ११:१४