१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

रिडी हाइड्रोपावरले घोषणा गर्याे लाभांश

१४ असाेज, काठमाडौँ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समितिको असोज १४ गते बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको १२.६ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने पंस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरुले पाउनछन् ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार १७:४८