१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

बुद्धभुमि हाइड्रोपावरको आईपीओमा कति पर्याे आवेदन ?

१४ असाेज, काठमाडौँ । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओमा २१ लाख भन्दा बढीले आवेदन दिएका छन् । बिहीबार ५ बजेसम्मको तथ्याङ्क अनुसार कम्पनीको आईपीओमा २१ लाख ११ हजार ८१९ जना आवेदकले २ करोड ६५ लाख ३१ हजार ०४० कित्ताका लागि आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जानकारी दिएको छ । यो माग गरिएको भन्दा ३५.६६ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले असोज ११ गते, सोमबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले ८ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका ८ लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको हो ।

जसमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीको आईपीओमा आवेदन दिने समय आज सकिएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार १७:४२