२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

खोटाङमा जनता समाजवादीको ‘सुज’ अभियान सुरु

१४ असोज, खोटाङ । जनता समाजवादी खोटाङले सुज (संगठन सुदृढिकरण तथा जनजागरण) अभियान सुरु गरेको छ । संगठन विस्तारका माध्यमबाट पार्टीलाई थप सशक्त र बलियो बनाउँदै वैकल्पिक शक्तिको रूपमा स्थापित गर्ने केन्द्रीय नीतिअनुसार जनता समाजवादीले जिल्लामा ‘सुज’ अभियान सुरु गरेको हो ।

बिहीबार दिक्तेलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जनता समाजवादी खोटाङका अध्यक्ष टंक थापाले मातहतका समिति गठन/पुनर्गठन, सदस्यता विस्तार, नवीकरण, प्रशिक्षण सञ्चालन, भेला तथा सभा, जनजागरण लगायतका कार्यक्रम सञ्चालनका लागि ‘सुज’ अभियान थालिएको जानकारी दिए ।

‘सुज’ अभियान मंसिर मसान्तसम्म जारी रहने जनता समाजवादी पार्टीले जनाएको छ । जिल्लामा ‘सुज’ अभियानका लागि केन्द्रीय कार्यकारीणि सदस्य पर्शुराम बस्नेतको संयोजकत्वमा मूल समिति गठन गरिएको छ ।

वरिष्ठ नेता अशोक राईको उपस्थितिमा १७-२० असोजसम्म केपिलासगढी गाउँपालिकामा र २१-२२ असोजमा हलेसी तुवाचुङ नगरपालिकामा ‘सुज’ अभियान सञ्चालनको तयारी गरिएको जसपाले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार १७:३१