२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

रामप्रसाद अमगाईँसहित ५५ जना माओवादी केन्द्रका नेता एमालेमा

१४ असोज, काठमाडाैँ । रामप्रसाद अमगाईँसहित ५५ जना माओवादी केन्द्रका नेता एमालेमा प्रवेश गरेका छन । अमगाईँसहित काठमाडौँ महानगरका खेलकुद विकास समिति अध्यक्ष अरुण बस्नेतलगायत ५५ जना विहीबार एमालेमा प्रवेश गरेको हुन ।

एमाले काठमाडौंले तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा आयोजना गरेको कार्यक्रममा अमगाईँ र बस्नेतसहित काठमाडौंका ५५ जना माओवादी नेता कार्यकर्ता प्रवेश गरेको एमाले जिल्ला सचिव दीपक निरौलाले जानकारी दिए ।

नवप्रवेशीलाई एमालेका वागमती प्रदेश सहइन्चार्ज काशिनाथ अधिकारी, अरुण नेपाल, प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेल, सचिव खेम लोहनी, काठमाडौं महानगर कमिटी अध्यक्ष निर्मल देउलालगायतले स्वागत गरे ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार १७:०८